सिंहदरबारमा प्रधानमन्त्री र गृहमन्त्रीसँग देउवाको छुट्टै छलफल – Nepal Press

सिंहदरबारमा प्रधानमन्त्री र गृहमन्त्रीसँग देउवाको छुट्टै छलफल

काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठकका भेला भएका शीर्ष नेता सामान्य जमघट गरेर उठेलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री नारायणकाजी श्रेष्ठ छुट्टै छलफलमा जुटेका छन् ।

अरु नेता हिँडेपछि उनीहरू तीनजना मात्र बसेका हुन् ।

यसअघि आइतबारको सर्वदलीय बैठकमा देउवाले बालकृष्ण खाण र टोपबहादुर रायमाझीलगायतका नेताहरूलाई अनावश्यकरूपमा दुःख दिइएको र माओवादीका नेताहरूलाई भने प्रमाण भेटिँदा पनि उन्मुक्ति दिइएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीप्रति रोष प्रकट गरेका थिए ।

एउटाले पोलेकै भरमा पक्राउ गरेर राजनीति सिध्याउन गृहमन्त्री नारायणकाजी श्रेष्ठले कृष्णबहादुर महराको केसमा भने उन्मुक्ति दिएको भन्दै देउवाले प्रश्नसमेत उठाएका थिए ।

देउवाले सुन तस्करीको नैतिक जिम्मा गृहमन्त्रीले लिनुपर्नेसमेत बताएका थिए । देउवा उच्चस्तरीय आयोग बनाएर यसको नीतिगत छानबिनमा समेत सकारात्मक देखिएका थिए ।

प्रचण्डमाथि गठबन्धन प्रमुख घटक कांग्रेसको समेत दबाबका कारण हिजो उच्चस्तरीय समिति बनाउन सरकार लचक भएको बताइएको छ ।

सुन तस्करी र भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानप्रति असन्तुष्ट देउवाले केही दिनअघि नारायणकाजी श्रेष्ठलाई समेत निवासमा बोलाएर भेटेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर