लगातार घटेकाे शेयर बजार दाेहाेराे अंकले बढ्यो – Nepal Press

लगातार घटेकाे शेयर बजार दाेहाेराे अंकले बढ्यो

काठमाडौं । लगातारको गिरावटपछि मंगलबार शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ ।

साताको पहिलो दिनबाटै गिरावट हुँदै आएको शेयर बजार आज १७.६९ अंकले बढेर २०१५.९८ बिन्दुमा कायम भएको छ ।

यसदिन बजारमा ६० लाख ३१ हजार ३५६ कित्ता सेयरको खरिदबिक्री हुँदा १ अर्ब ३३ करोड २५ लाख ६४ हजार ७६९ रुपैयाँको कारोबार भएको छ । आजको कारोबारमा कुथेली बुखेरी स्मल हाइड्रोपावर र इन्गवा हाइड्रोपावरले सर्वाधिक नाफा कमाएका छन् । भने, लक्ष्मी लघुवित्त वित्तीय संस्था र समुदायिक लघुवित्त वित्तीय संस्थाले सर्वाधिक गुमाएका छन् ।

त्यसैगरी कुमारी बैंक लिमिटेड २८ करोड ५९ लाख १९ रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर