संसद् बैठक आज पनि नबस्ने – Nepal Press

संसद् बैठक आज पनि नबस्ने

काठमाडौं । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नको लागि बसेको सर्वदलीय बैठक औपचारिकरूपमा बस्दै नबसी सकिएको छ । भोलि बिहान ११ बजे बस्नेगरी नेताहरू सामान्य भेटघाट गरेर उठेको एमालेका प्रमुख सचेतक पदम गिरीले बताए । आज ३ बजेका लागि बोलाइएको संसद् बैठक पनि नबस्ने भएको छ ।

समितिको कार्यविधिबारे टुंग्याउने भएपछि ४ बजे प्रधानन्याधीशको शपथ र एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाको कारणले रोकिएको उनले बताए । समिति गठन गर्न बनेको कार्यदलले ड्राफ्ट तयार पारिसकेको गिरीले जानकारी दिए ।

कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, माओवादीबाट हितराज पाण्डे र नेपाली कांग्रेसबाट रमेश लेखक रहेका छन् ।

यसैबीच आजको बैठक स्थगित गरी भोलि साढे ३ बजेलाई निर्धारण गरिएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर