सुन प्रकरण- उच्चस्तरीय छानबिन समितिकाे ड्राफ्ट तयार, सर्वदलीय बैठकमा पेश गरिने – Nepal Press

सुन प्रकरण- उच्चस्तरीय छानबिन समितिकाे ड्राफ्ट तयार, सर्वदलीय बैठकमा पेश गरिने

काठमाडौं । सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न बनेको कार्यदलले ड्राफ्ट तयार पारेको छ । मंगलबार बिहान बसेको बैठकले ड्राफ्ट तयार पारेको एमालेका उपाध्यक्ष सुवास नेम्वाङले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘हामीले ड्राफ्ट तयार पारेका छौं । अब २ बजे बस्ने बैठकमा पेश हुन्छ । त्यहीबाट पूर्णता पाउँछ ।’

उच्चस्तरीय छानबिन समिति गठनका लागि कार्यादेश र संरचनाका विषयमा निर्णय लिन अहिले बैठक बस्दैछ । कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, माओवादीबाट हितराज पाण्डे र नेपाली कांग्रेसबाट रमेश लेखक रहेका छन् ।

सोमबार बसेको बैठकले छानबिन समिति गठन गर्ने सहमति गरेको थियो ।

स्रोतका अनुसार कार्यदलले जाँचबुझ आयोग २०२६ बमोजिमको उच्चस्तरीय समिति गठनको मस्यौदा बनाएको छ । उच्च अदालतका न्यायाधीशको नेतृत्वमा बन्ने समितिको नाम भने आज टुंगो नलाग्ने बताइएको छ । सैद्धान्तिक रुपमा सो समिति गठन गर्ने र त्यसको कार्यविधि तय हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर