माधवको भूराजनीतिक विश्लेषण- पश्चिमाले नेपाललाई भारतसँग राम्रो बनाएर चीनविरुद्ध उकास्न खोज्दैछन् – Nepal Press

माधवको भूराजनीतिक विश्लेषण- पश्चिमाले नेपाललाई भारतसँग राम्रो बनाएर चीनविरुद्ध उकास्न खोज्दैछन्

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पश्चिमाले नेपालाई भारतसँग राम्रो बनाएर चीनविरुद्ध उकास्न खोजेको विश्लेषण गरेका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा पश्चिमसँग चीनको अन्तर्विरोध चर्किदा भारत बढी सुरक्षित हुने उनको बुझाइ छ।

प्रतिवेदनमा भनिएको छ, ‘चीनको उदयका कारणले भारतसँग सम्बन्ध राम्रो बनाउने र चीनका विरुद्ध उकास्ने काम पश्चिमले गर्दैछ । त्यस्तै, पश्चिमसँग चीनको अन्तर्विरोध चर्किदा भारत बढी सुरक्षित हुनेछ । दुवै एशियाली र प्राचीनतम सांस्कृतिक परम्परा भएका चीन र भारत कुनै दिन एक ठाउँमा उभिन सक्छन्‌ भन्ने चिन्ताले पश्चिमको रणनीति प्रभावित भइरहने छ । आधुनिक भारत र चीनको जन्मदेखि नै पश्चिमले यस पक्षलाई ध्यान दिएको छ ।

दुवै मुलुकमाथि निगरानी राख्नका लागि पश्चिमले नेपाललाई विभिन्न रूपमा प्रयोग गरिरहेको छ÷गरिरहने उल्लेख गरेका छन्।

नेपालको राजनीति र अर्थतन्त्रमा पश्चिमले विभिन्न बहानामा दबाब दिइरहने प्रतिवेदनमा उल्लेख गरेका छन्।

एउटा कम्युनिष्ट पार्टीका रूपमा आफूलाई बचाउँदै नेपालमा समाजवादको निर्माण गर्नु ठूलो अर्को चुनौती रहेको विश्लेषण गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर