उच्चस्तरीय छानबिन समितिको विषयमा निर्णय गर्न २ बजे सर्वदलीय बैठक – Nepal Press

उच्चस्तरीय छानबिन समितिको विषयमा निर्णय गर्न २ बजे सर्वदलीय बैठक

कस्तो बन्छ समिति ?

काठमाडौं । सुन तस्करी प्रकरणको छानबिनका लागि गठन गर्ने भनिएको उच्चस्तरीय छानबिन समितिको कार्यादेश र संरचनाका विषयमा निर्णय गर्न सर्वदलीय बैठक बोलाइएको छ ।

आज २ बजे दलहरूको बैठक बसेर उच्चस्तरीय छानबिन समितिको विषयमा निर्णय हुने बताइएको छ ।

उच्चस्तरीय छानबिन समितिको कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, माओवादीबाट हितराज पाण्डे र नेपाली कांग्रेसबाट रमेश लेखक रहेका छन् ।

सुवास नेम्वाङले २ बजे सर्वदलीय बैठक बसेपछि मात्रै कसरी अगाडि जाने भन्ने टुंगो लाग्ने बताए ।

उनले नेपाल प्रेससँग भने, ‘आज २ बजे सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिनका समितिको लागि सर्वदलीय बैंठक बस्छ । त्यसपछि कसरी अगाडि बढ्ने भन्ने हुन्छ । अहिले नै यसरी अगाडि जाने भन्ने तय भएको छैन ।’

ठूलो मात्रामा सुन बरामद भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समितिको माग गर्दै आएको थियो ।

मोटरसाइकलको ‘ब्रेक सु’मा छुट्याएर गालिएको सुन ६० केजी ७१६ ग्राम भएको थियो ।

त्यसअघि टक्सारमा ल्याउँदा १५५ किलो भएकोमा ब्रेक सु र कार्टुनबाट निकाल्दा ६० किलो ७७९ ग्राम भएको र गालेपछि ६० किलो ७१६ ग्राम तौल आएको हो ।

भन्सार जाँच पास भएर सिनामंगलको रोडमा निकालिएको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर