नगरपालिकाभित्र पसेर वैद्यका कार्यकर्ताद्वारा प्रशासकीय अधिकृतमाथि हुलहुज्जत, कर्मचारी आन्दोलित – Nepal Press

नगरपालिकाभित्र पसेर वैद्यका कार्यकर्ताद्वारा प्रशासकीय अधिकृतमाथि हुलहुज्जत, कर्मचारी आन्दोलित

रुपन्देही । बर्दियाको बाँसगढी नगरपालिकामा सोमबार एक समूह पत्रकार भन्दै प्रवेश गर्यो । एकछिनपछि प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलले घुस लिएको भन्दै होहल्ला भयो । एकछिनमा प्रहरी पुग्यो ।

सोमबार दिउँसो क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ताले अधिकृत पौडेलले कर्मचारीबाटै घुस लिएको विषय सार्वजनिक गरेपछि यहाँको विवाद बाहिर आएको हो ।

उनीमाथि करारका महिला कर्मचारीबाट १ लाख ३५ हजार घुस लिएको आरोप लगाउँदै ती कार्यकर्ताले कारबाहीका लागि प्रहरीको अगाडि सार्वजनिक गरेका थिए । पौडेललाई जनप्रतिनिधि र कर्मचारीको रोहबरमा छाडिएको छ ।

कर्मचारीबीचको विवाद बढेपछि र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ता नगरपालिका पुगेको सूचना पाएपछि सुरक्षार्थ पुगेको इलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाका प्रहरी निरीक्षक सुधिर खड्काले बताए ।

‘भ्रष्टाचारको विषय भएकाले हामीसँग आउने कुरा भएन, हामी सुरक्षाका लागि गएका थियौं, कर्मचारीभित्रैको विवादजस्तो देखियो, नगरपालिकाले नै छानविन गर्ला यो विषयमा,’ खड्काले भने ।

घुस प्रकरणमा मुछिएपछि पालिकाले उनीमाथि छानबिन गर्ने भएको छ । बासगढी नगरपालिकाका प्रमुख खड्गबहादुर खड्काले घुस प्रकरणको वास्तविकताका विषयमा छानबिन गरिने बताए । कार्यपालिकाको बैठक बसेर यस विषयमा छलफलपछि निर्णय गर्ने र दोषी ठहर भए कारबाही प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।

तर बाँसगढी नगरपालिकाका कर्मचारीले भने प्रमुख प्रशासकीय अधिकृत पौडेलमाथि गरिएको दुर्व्यवहारको विरोध गरेका छन् । पौडेल आफैले भने मोबाइल अफ गरेका छन् । सूचना अधिकारी क्षितिज पौडेलले कर्मचारीले नै आरोप लगाएको विषय र कर्मचारीमाथि नै दुव्र्यवहार भएको विषय भएकाले आन्तरिक तरिकाले छानविन हुनुपर्ने बताए ।

उनका अनुसार कर्मचारीको टोली सोमबार नै बसेर मंगलबार पेनडाउन गर्ने निर्णय भएको बताए । प्रमुख प्रशासकीय अधिकृत पौडेलमाथि चौथो तहको लघुउद्यमको करारको कर्मचारी कृष्णा पाण्डेले नै भ्रष्टाचार गरेको आरोप लगाएको कर्मचारी स्रोतले जनाएको छ ।

यो विषयमा कृष्णा पाण्डेसँग नेपाल प्रेससँग कुरा गर्दै मिडियामा आएको कुरा भएको र आफू अहिले बाहिर भएकाले थप बोल्न नमिल्ले जनाइन् । पौडेलमाथि दुर्व्र्यवहार गर्ने समूह पहिले कार्यालयभित्र छिर्दा पत्रकार भनेर छिरेको पछि दुव्र्यवहार गरेको सूचना अधिकारी क्षितिज पौडेलले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *