राप्रपा नेपालले तय गर्‍यो केन्द्रीय समिति बैठकका एजेन्डा, राजतन्त्रबारे पुनर्विचार गरिने – Nepal Press

राप्रपा नेपालले तय गर्‍यो केन्द्रीय समिति बैठकका एजेन्डा, राजतन्त्रबारे पुनर्विचार गरिने

काठमाडौं । राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठकले केन्द्रीय समिति बैठकका लागि एजेन्डा तय गरेको छ ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले भाद्र ७ र ८ गते काठमाडौंमा बोलाइएको केन्द्रीय समिति बैठकका एजेन्डाहरू तय गरी पारित गरेको हो ।

अध्यक्ष थापाको राजनीतिक कार्यपत्र सङ्गै राजसंस्थाको विषयमा पार्टीको आधिकारिक धारणा बारे प्रतिवेदन पेश गर्न उपाध्यक्ष प्रा.डा. विष्णु भण्डारीको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनलाई अनुमोदन गरी केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने समेत निर्णय गरिएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

पार्टीले यसअघि संवैधानिक राजतन्त्रको एजेन्डा छाडेको थियो । तर, अब सो एजेन्डा पारित गर्ने पक्षमा बहुमत देखिए पछि अबको केन्द्रीय समितिमा व्यापक छलफल हुनेछ ।

यसै गरी बैठकमा संगठन सम्बन्धी प्रतिवेदन महामन्त्री एवम् विभाग प्रमुख राजाराम बर्तौला, आर्थिक प्रतिवेदन कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले प्रस्तुत गरिएको प्रवक्ता वसन्तमान सिंह अधिकारीले बताए ।

प्रवक्ता अधिकारीका अनुसार अम्मर केसीको संयोजकत्वमा समसामयिक विषयमा थप एजेन्डा तय गर्न ५ सदस्यीय समिति पनि गठन गरिएको छ ।

बैठकमा आन्दोलनको तयारी र राष्ट्रवादी प्रजातान्त्रिक शक्तिहरूलाई एकै ठाउँमा ल्याउने विषयमा छलफल भएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर