संसदको गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक सुरु (तस्बिरहरू) – Nepal Press

संसदको गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक सुरु (तस्बिरहरू)

काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुरु भएको हो । बैठकमा सत्तारुढ दल कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङलगायतको उपस्थिति रहेको छ ।

हिजो पनि बैठक बसेको थियो । संसदको अवरोध हटाउने विषयमा हिजो सहमति भएको बताइए पनि भएको थिएन । र आजको बैठकले निष्कर्ष दिने नेताहरुले बताएका छन् ।


प्रतिक्रिया

2 thoughts on “संसदको गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक सुरु (तस्बिरहरू)

  1. दस दलको गठबन्धकारी शक्तिले देशमा तमासा मच्चाइ सकेर फेरि उनैले ठूला कुरा गर्दै संसद चल्न कानून र विधिको रटानमा छन् । यि दसदलको लुटतन्त्रले संविधान, परम्परागत रूपमा स्थापित मान्यता र अभ्यास सबैचिजको खिल्ली उडाउँदै कोशी प्रदेश सरकार बनाउन गरेको तमासा जारी छ । यस्ताहरूसँग बैठक बसे के नबसे के ? जनताको लागि सरकारमा गएका भए पो केही मर्यादा पनि ख्याल गर्थे ।

  2. मुलुक चलाउन प्रतिपक्षी चाहिन्छ भन्ने हेक्का हुदोहोत बहुमतको हुईया लगाउदै सम्सदमा विभिन्न एजेन्डा तालि ठोकेर अल्पमतलाई पेलेर किन पास गरियो ! सरकार अलिकति नि संबेदनसिल छ भने त जनतालाई आकाशिदो महङ्गि र ब्याप्त भ्रष्टाचारको जालोबाट मुक्त गर्न सक्नुपर्छ किसान उन्नत जातको बिउ बिजन र रासायनिक मल नपाएर हैरान छ भने अर्कोतिर उत्पादित बस्तुको उचित मुल्य नपाएर अत्यन्तै चिन्तित र निराशा छ्न ! आफुले सकेको र जानेको काम गरौ भन्यो सहुलियतपूर्ण कर्जा छैन जे मा नि भनसुन जे मा नि उच्च मुल्यको धितो ? आफ्नो दैनिकको अत्तोपत्तो नभएको सरकार जनताको दैनिकी कसरी चलेको छ के थाहा पाओस?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर