उद्धव थापाको दाबी- मुख्यमन्त्री र सभामुख दिँदा राप्रपा मानेन, सहमतीय सरकारका लागि तयार छु – Nepal Press

उद्धव थापाको दाबी- मुख्यमन्त्री र सभामुख दिँदा राप्रपा मानेन, सहमतीय सरकारका लागि तयार छु

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले राष्ट्रिय राजनीतिमा जे भएपनि कोशी प्रदेशमा सहमतिको सरकारको विकल्प नभएको बताएका छन् । उनले आफू सहमतीय सरकारको पक्षमा रहेको बताए ।

विश्वासको मतसम्बन्धी प्रस्तावमा उठेका सवालको जवाफ दिने क्रममा थापाले भने, ‘यसको विकल्प नै छैन । सहमतिकै सरकार बनाउने बिन्दुबाट अघि बढ्नुपर्छ ।’

आफू मिलेर काम गर्ने र टसलको राजनीति गर्ने पक्षमा नरहेको उनको जिकिर थियो । प्रदेशमा निर्णायक शक्तिका रूपमा रहेको राप्रपाले पनि साथ नदिएको उनले गुनासो गरे ।

‘राप्रपासँग पटकपटक छलफल भयो । तर, प्रदेशलाई दुर्घटनाबाट जोगाउने भूमिकामा राप्रपालाई पाउन सकिएन,’ उनले भने, यसअघि राप्रपासँग सहकार्यको सबै प्रयास असफल भएको छ । राप्रपाले मुख्यमन्त्री र सभामुख पनि लिन मानेन ।’

फरक विचार भएपछि कुरा सुन्न पनि मन नलाग्ने भन्दै थापाले सबैसँग विश्वासको मत मागिसकेको बताए ।

भने, ‘मैले हिक्मत कार्कीसँग त पटकपटक फोन गरेर मत मागेको छु । तर, मत नै मागेन भन्ने कुरा सुनियो । यसमा कुनै आपत्ति छैन ।’

आफूलाई विश्वासको मत दिएर सहमतिको राजनीतिक सुरु गर्न एमाले र राप्रपालाई उनले आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर