नेपाल प्रहरीका ५ जना एसएसपीको सरुवा, काठमाडौंमा भूपेन्द्र खत्री – Nepal Press

नेपाल प्रहरीका ५ जना एसएसपीको सरुवा, काठमाडौंमा भूपेन्द्र खत्री

काठमाडौं । नेपाल प्रहरीका ५ जना एसएसपीहरूको सरुवा भएको छ । काठमाडौं प्रहरी परिसरमा भूपेन्द्र खत्री सरुवा भएका छन् । दानबहादुर कार्कीलाई काठमाडौंबाट प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ ।

त्यस्तै अपराध अनुसन्धानको प्रमुखमा सोमेन्द्रसिंह राठौर सरुवा भएका छन् भने मनोज केसीलाई त्यहाँबाट महिला बालवालिका निर्देशनालयमा सरुवा गरिएको छ ।

निर्देशनालयका सानुराम भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद सचिवालयमा सरुवा गरिएको छ । लतलिपुरका सिद्धीविक्रम शाह र सीआईबीको दिनेश आचार्यको भने यसपटक सरुवा भएको छैन ।

यसअघि सरकारले ६ जना एआईजीपीको सरुवा गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *