ब्याजदर वृद्धिको असर शेयर बजारमा, दोहोरो अंकले गिरावट – Nepal Press

ब्याजदर वृद्धिको असर शेयर बजारमा, दोहोरो अंकले गिरावट

काठमाडौं । शेयर बजारमा साताको दोस्रो दिन पनि गिरावट देखिएको छ । आइतबारमात्रै ११.९९ अंकले घटेको बजार आज १२.९३ अंकले घटेर १९९८.२८ विन्दूमा कायम भएको छ ।

बैकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि बैंकहरुबीच व्याजदर वृद्धिको अस्वस्थ प्रतिस्पर्धा सुरु भएको छ । भदौका लागि एक दर्जन बैंकले ब्याजदर बढाएका छन् । यसको असर शेयर बजारमा देखिएको छ ।

सोमबार बजारमा ४१ लाख ६४ हजार ८७२ कित्ता शेयरको खरिदबिक्री हुँदा १ अर्ब ४० करोड ८९ लाख ८१ हजार ६०१ रुपैयाँको कारोबार भएको छ ।

आइतबार १ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो । यस दिन लक्ष्मी लघुवित्त वित्तीय संस्था र कुथेली बुखेरी स्मल हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

त्यस्तै कारोबार रकममा ८ करोड २ लाख ४७ हजार २३४ रुपैयाँसहित शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर