प्रदेश र स्थानीय तहमा उप निर्वाचनबारे उपप्रधानमन्त्री खड्का र प्रमुख आयुक्तबीच छलफल – Nepal Press

प्रदेश र स्थानीय तहमा उप निर्वाचनबारे उपप्रधानमन्त्री खड्का र प्रमुख आयुक्तबीच छलफल

काठमाडौं । प्रदेशसभा र स्थानीय तहमा रिक्त १८ पदका लागि उपनिर्वाचन गर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच छलफल भएको छ ।

भेटमा निर्वाचनसम्बन्धी आवश्यक कानुनबारे छलफल भएको मन्त्री खड्काका प्रेस सल्लाहकार डीपी उपाध्यायले जानकारी दिए । प्रदेश र स्थानीय तहमा रिक्त भएका स्थानमा उपनिर्वाचन गर्ने विषयमा पनि छलफल भएको थियो ।

हाल प्रदेशसभातर्फ सुदूरपश्चिम प्रदेशको बझाङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेशसभा ‘क’ रिक्त छ भने यस्तै विभिन्न स्थानीय तहमा १८ पद रिक्त छन् ।

हाल कैलाली जिल्ला समन्वय समिति प्रमुखको स्थान रिक्त छ भने दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, दोखला गौरिशकर गाउँपालिकाको उपाध्यक्ष र विभिन्न स्थानका १५ जना वडा अध्यक्षको पद रिक्त छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर