प्रदीप गिरी बीपीपछिकै ठूलो समाजवादी चिन्तकः सभापति देउवा (भिडिओ) – Nepal Press

प्रदीप गिरी बीपीपछिकै ठूलो समाजवादी चिन्तकः सभापति देउवा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्व. प्रदीप गिरी बीपी कोइरालापछिको ठूलो समाजवादी चिन्तक भएको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा गिरीको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले समाजवादी चिन्तकको रूपमा बीपी कोइरालापछि कसैको नाम लिने हो भने प्रदीप गिरीकै नाम आउने बताएका हुन् ।

सभापति देउवाले गिरीका बाँकी कृति र लेखहरु भए प्रकाशित गर्न पार्टीले सहयोग गर्ने बताए ।

उनले भने, ‘उहाँ कहिल्यै नथाक्ने व्यक्तिको रूपमा लिएको छु । उहाँका लेख, कृतिहरू पार्टीले प्रकाशित गर्नुपर्छ । त्यसबाट हाम्रो सिंगो पार्टी लाभान्वित हुनेछ ।’

सभापति देउवाले स्व. गिरीप्रति पार्टीमा धेरै लगाव र सम्मान रहेको कुरा कार्यक्रममा उपस्थित समुदायबाट स्पष्ट भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर