गगन थापाले भने- पहिचानलाई प्राथमिकतामा राखेर प्रदेशको नामकरण गर्दा द्वन्द्व मेटिन्छ (भिडिओ) – Nepal Press

गगन थापाले भने- पहिचानलाई प्राथमिकतामा राखेर प्रदेशको नामकरण गर्दा द्वन्द्व मेटिन्छ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेशको नामकरणको विषयमा स्व. प्रदीप गिरीले दिएको विचारसँग नेपाली कांग्रेस सहमत हुनसके सामाजिक द्वन्द्व हटाउन सकिने बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित गिरीको स्मृति सभामा उनले आफू केही दिनअघि मात्रै झापा र इलाम पुगेर आएको भन्दै कोशी प्रदेशमा नामकरणको विषयलाई लिएर स्थिति थप पेचिलो बन्दै गइरहेको बताए ।

पहिचानको आधारमा प्रदेशको नामकरण गर्दा समाजको द्वन्द्वलाई केही समयसम्मको लागि रोक्न सकिने स्व. गिरीको विचार कांग्रेसजस्तो मूल राजनीतिक पार्टीले प्राथमिकतामा राख्नुपर्ने थापाको राय थियो । गिरीको विचारलाई जम्मा गरेर कांग्रेसले राख्ने हो भने मात्रै पनि २० वर्षसम्मका लागि पार्टीमा आउने समस्या सहजै समाधान गर्न सकिने उनले बताए ।

महामन्त्री थापाले भने, ‘म झापा र इलाम गएर आएँ । त्यहाँ प्रदेश १ को नामकरण ठूलो विषय छ । तर, प्रदीप गिरीले संविधान निर्माणको बेलामा राख्नुभएको विचारलाई मात्रै हेर्ने हो भने खास गरी हाम्रो नेपालको संघीयतालाई अघि बढाउने विषयका सन्दर्भमा उदारतापूर्वक नेपाली कांग्रेसजस्तो मूल राजनीतिक पार्टीले नामकरणजस्तो विषय गर्दैगर्दा पहिचानको कुरालाई प्राथमिकता दिएर गर्नुपर्छ । यदी यसलाई गर्‍यौँ भने हामीले समाजको द्वन्द्वलाई चीर कालसम्म मेट्न सक्छौं भन्नेकुराको प्रेरणा प्रदीप दाइको भनाइबाट पाउन सक्छौं । नेपाली काँग्रेसलाई बदल्ने हो, कांग्रेसको सदस्य बदल्ने, उम्मेदवार छनोट प्रक्रिया बदलेर पार्टीलाई कसरी अघि बढाउने भन्ने सन्दर्भमा अघि जानुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर