सुर्खेत पुगेर प्रधानमन्त्री प्रचण्डले भने- कर्णालीबारे जनयुद्धदेखि नै जानकार छु (भिडिओ) – Nepal Press

सुर्खेत पुगेर प्रधानमन्त्री प्रचण्डले भने- कर्णालीबारे जनयुद्धदेखि नै जानकार छु (भिडिओ)

सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ ले कर्णालीका कच्ची र कमजोर सडकले दुर्घटनाको जोखिम राम्रोसँग बुझेको बताएका छन् ।

सोमबार प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजित प्रदेश स्थापना तथा सहिद दिवस मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री उनले बेरोजगारी र अभावले हजारौं युवाहरू मुग्लान पसेको अनुभूति रहेको बताए ।

जाडोयाममा मयलसरीको पातलो कपडा लगाई शिक्षा लिन दुई घण्टासम्म हिँड्नुपर्ने आफैँले महसुस उनले सुनाए ।

प्रधानमन्त्रीले भने,` समयमा उपचार नपाउँदा गर्भवतीको अकालमा ज्यान जाने गरेको भयावह स्थिति मैले अनुभूत गरेको छु । कर्णालीका गरिबी, पछौटेपन र भूगोलमा म पसेको छु । जनयुद्धदेखि संघर्षमय सन्दर्भमा यहीँ बसेर मैले आन्दोलनको नेतृत्व पनि गरेको छु ।’

कर्णालीको सिंजा सबेता, विविधायुक्त भूगोल, सानो जनसंख्या, रारा, उपल्लो डोल्पा, कैलाश प्रर्वत, लिमी, फोक्सुण्डो ताल, भेरी र कर्णाली संगम र पञ्पुरी उपत्यकाजस्ता आकर्षक पर्यटकीय गन्तव्य र भेरी र कर्णाली जस्ता सदावहार हिमाली नदीहरूको अपार सम्भावना र अवसरबारे पनि उनले व्याख्या गरे ।

प्रदेश सरकारका नीति योजना र कार्यक्रम बनाउँदा यहाँका ऐतिहासिक, सम्भावना, जनताको जीवनमा परिवर्तन ल्याउने विषयलाई सोच्नुपर्नेमा उनको जोड थियो ।

प्रधानमन्त्री प्रचण्डले कर्णाली करिडोर, कर्णालीका राजमार्ग, ठूला सडक केन्द्र सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

उनले भने,` कर्णाली करिडोर र हिल्सा सडक निर्माणका बाारेमा चीन सरकारको भ्रमणका क्रममा तयारी भएको र यसपटक ठूलो फड्को मार्नेमा विश्वस्त छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर