उडान समयभन्दा एक घण्टा अघि नै भीआईपी सवारी पासको व्यवस्थापन गर्नुपर्ने – Nepal Press

उडान समयभन्दा एक घण्टा अघि नै भीआईपी सवारी पासको व्यवस्थापन गर्नुपर्ने

काठमाडौँ । विशिष्ट (भीआईपी) तथा अति विशिष्ट (भीभीआईपी) को सवारीको बेला प्रयोग हुने सवारी साधनको विवरण तथा पासको व्यवस्थापन उडान समयभन्दा एक घण्टा अघि नै गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सूचना प्रकाशित गरेको छ ।

भीभीआईपी र भीआईपीहरुको आवागमन सहज बनाउन उडान समयभन्दा एक घण्टा अघि नै आन्तरिक टर्मिनल भवनमा सवारी साधनसहितको विवरण तथा पास लिन अनुरोध गरिएको हो ।

साथै सोही समयमा एयरलाइन्स चेकइन, लगेज/सुरक्षा जाँचको व्यवस्था मिलाउन पनि भनिएको छ ।

अति विशिष्टको सवारीमा प्रयोग हुने सवारीसाधनको हकमा र्‍याम्प सुरक्षा पालना हुने गरी र्‍याम्पसम्म सुरक्षा स्कर्टसहितको आवागमनको व्यवस्था मिलाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

आन्तरिकतर्फ भीभीआईपी र भीआईपी निषेधित क्षेत्र आवागमन व्यवस्था सम्बन्धी कार्यविधि २०८० मा समेत सो कुरा उल्लेख भएकाले कार्यविधि पालना गर्न टीआईएले भनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *