भारतले निर्यातमा कर लगाएको भोलिपल्टै नेपालमा प्याजको मूल्य बढ्यो – Nepal Press

भारतले निर्यातमा कर लगाएको भोलिपल्टै नेपालमा प्याजको मूल्य बढ्यो

काठमाडौँ । भारत सरकारले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएको खबरसँगै नेपाली बजारमा प्याजको मूल्य अचाक्ली महँगिएको छ ।

आइतबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार कालीमाटीमा भारतीय प्याजको मूल्य प्रतिकेजी ६१ रुपैयाँसम्म थियो ।

सोमबार सो मूल्य बढेर कालीमाटीमै सुकेको भारतीय प्याजको मूल्य ८० रुपैयाँ प्रतिकेजीसम्म पुगेको छ । खुद्रा पसलमा प्रतिकेजी सय रुपैयाँसम्म प्याज बिक्री भइरहेको उपभोक्ताहरू बताउँछन् ।

भारत प्याजको मूल्य बढ्न थालेपछि भारतीय सरकारले निर्यातमा कर लगाएको हो । सो कर डिसेम्बर ३१ सम्म कायम रहनेछ ।

नेपालमा धेरैजसो भारतीय प्याजको दबदबा छ । भारतले प्याज निर्यातमा कर थपेसँगै नेपाली बजारमा मूल्य ह्वात्तै बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर