आज नागपञ्चमी : नागपोखरीमा भक्तजनको घुइँचो (तस्बिरहरू /भिडिओ) – Nepal Press

आज नागपञ्चमी : नागपोखरीमा भक्तजनको घुइँचो (तस्बिरहरू /भिडिओ)

काठमाडौं । आज नाग पञ्चमी । देशभर घरका ढोकामाथि नागको तस्बिर र नाग पूजा गरेर नाग पञ्चमी मनाइँदै छ । साथै नागको मन्दिर वा पोखरीमा पूजा गरेर पनि नाग पञ्चमी मनाउने चलन छ ।

नाग पञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूल ढोकामा टाँसेर मनाउने गरिन्छ । सो अवसरमा आज (सोमवार) काठमाडौंको नक्सालमा अवस्थित नागपोखरीमा नागको पूजा गर्ने भक्तजनहरूको भीड लागेको छ । साथै देशभर अन्य नाग स्थानहरूमा पनि नागको पूजा गर्न भक्तजनहरू जम्मा भएका छन् ।

यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो ।

यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने, साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ ।

नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ ।

नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा रहेको बराहपुराणमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर