स्थानीय तहको अंग्रेजी नामको हिज्जे मिलाउने कार्य अन्तिम चरणमा, यस्तो छ सूची – Nepal Press

स्थानीय तहको अंग्रेजी नामको हिज्जे मिलाउने कार्य अन्तिम चरणमा, यस्तो छ सूची

अंग्रेजी नामको हिज्जे यकिन गरेर तीन दिनभित्र पठाउन सबै स्थानीय तहलाई परिपत्र

काठमाडौं । सरकारले सबै स्थानीय तहको अंग्रेजी नामको हिज्जे मिलाउने कार्यलाई अन्तिम तयारी अवस्थामा पुर्याएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहले पठाएको अंग्रेजी नामको हिज्जेलाई अन्तिम रुप दिदैँ राजपत्रमा प्रकाशित गर्ने तयारी गरेको हो ।

यदि यस अघि स्थानीय तहले पठाएको अंग्रेजी नामको हिज्जे फरक परेको भए तीन दिन भित्र एकिन गरेर पठाउन सबै स्थानीय तहलाई परिपत्र पनि गरेको छ । अहिले मन्त्रालय, राहदानी विभाग र गृह मनलयको सहकार्यमा स्थानीय तहको अंग्रेजी नामको विवरण तयार पारेर सरकारले रापत्रमा प्रकाशन गर्ने प्रक्रिया अघि बढाइएको भन्दै स्थानीय तहको अंग्रेजी नामको हिज्जेमा फरक पपरेको भए तीन दिन भित्र प्रमाणित गरी मन्त्रालयमा पठाउनका लागि अन्तिम पटक ताकेता गरेको हो ।

तोकिएको समयभित्र विवरण प्राप्त नभएमा अहिले मन्त्रालयले तयार पारेको विवरण अनुसार नै स्थानीइ तहको अंग्रेजी नाम कायम राखेर जापत्रमा प्रकाशन गरिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले नेपाल सरकार तथा प्रदेश सरकारका विभिन्न सार्वजनकि निकायले स्थानीय तहको अंग्रेजी नाम लेख्दा नागरिकता प्रमाणपत्र तथा राहदानी प्रमाणपत्र लगायतका सरकारी कागजातमा फरक हिज्जे भएर नागरिकले बारम्बार समस्या झेल्न परेको अवस्था आएपछि अंग्रेजी हिज्जेमा एकरुपता कायम गर्नका लागि सूचना राजपत्रमा प्रकाशित गर्न लागेको हो ।

दुई महिना अघि मात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक साताभित्र सबै स्थानीय तहलाई अंग्रेजी नामको हिज्जे एकिन गरेर पठाउन परिपत्र गरेको थियो ।

यस्ताे छ सूची


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *