संसदको गतिरोध अन्त्य गर्न राष्ट्रपतिले बोलाए सर्वदलीय बैठक – Nepal Press

संसदको गतिरोध अन्त्य गर्न राष्ट्रपतिले बोलाए सर्वदलीय बैठक

काठमाडौं । संसदको जारी गतिरोध अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । सुन प्रकरण उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमाले निरन्तर संसद अवरोध गरेपछि राष्ट्रपतिले चासो दिएका हुन् ।

राष्ट्रपतिका प्रेस सल्लाहका किरण पोखरेलका अनुसार राष्ट्रपतिले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई मंगलबार बिहान साढे ८ बजे शितल निवास बोलाएका छन् ।

यसअघि पनि राष्ट्रपति पौडेलले ठूला दलका शीर्ष नेतालाई बालुवाटार बोलाएर छलफल गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर