प्रधानमन्त्रीसँगको बैठकमा एमालेले भन्यो- ‘हाइ प्रोफाइल’ लाई नछुनेतर्फ सरकार लाग्यो – Nepal Press

प्रधानमन्त्रीसँगको बैठकमा एमालेले भन्यो- ‘हाइ प्रोफाइल’ लाई नछुनेतर्फ सरकार लाग्यो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भोलिको बैठकमा सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकार लचिलो हुने विश्वास व्यक्त गरेको छ ।

संसदको अवरोध हटाउन प्रधानमन्त्रीले बोलाएको बैठकपछि एमालेका प्रमुख सचेतक पदम गिरीले भने, ‘सुन प्रकरणमा राजनीतिक दलको पनि संलग्नता भएको कुराहरू आइरहेका छन् । यस्तोमा सीआईबीले अनुसन्धानका लागि बोलाउने स्थिति रहेन । यसमा मात्रै होइन नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणमा पनि हाइ प्रोफाइलका मान्छेलाई छानबिनमा नल्याउने साना मान्छेहरूलाई ल्याएर कारबाही गर्‍यौं भन्ने ढंगले अगाडि बढेको छ । त्यसैले हामीले समितिको माग राखेका हौं ।’

उनले बैठकमा प्रधानमन्त्रीले सीआईबीले गरेको अनुसन्धान प्रभावित हुनसक्ने भएकाले त्यो अनुसन्धान सकिएपछि समिति गठन गर्न सकिने धारणा राखेको बताए ।

उनले आफ्नो कारणले संसद अवरोध नभएको दाबी गरे । उनले अब बस्ने संसद बैठकमा आफूहरूले मात्रै नभएर अन्य दलका नेताहरूलाई पनि बोल्न दिनेसम्म लचक हुनसक्ने बताए । समितिको पक्षमा सरकार सकारात्मक रहेको पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर