रसुवाको स्याफ्रुबेँसीमा २ केजी सुनसहित दुईजना पक्राउ – Nepal Press

रसुवाको स्याफ्रुबेँसीमा २ केजी सुनसहित दुईजना पक्राउ

काठमाडौं । रसुवाको गोसाइकुण्ड गाउँपालिका-५ स्याफ्रुबेँसीबाट २ केजी सुनसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका-५ का सुदीप शेर्पा र वडा नम्बर १ का फुरसाङ्गु शेर्पा रहेको रसुवा प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिए ।

पैदल आइरहेका सुदीपलाई खानतलासी गर्ने क्रममा उनको साथबाट सुनका दुईवटा बिस्कुट फेला परेको उनको भनाइ छ ।

बुढाथोकीका अनुसार सुदीपले आफूलाई उक्त सुन टिमुरे बस्दै आएका फुरसाङ्गुले दिएको बताएपछि उनलाई पनि पक्राउ गरिएको हो ।

सुन चीनबाट नेपाल भित्रिएको प्रारम्भिक अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *