संसद्को अवरोध हटाउन सभामुखले थाले दलका प्रमुख सचेतकसँग छलफल – Nepal Press

संसद्को अवरोध हटाउन सभामुखले थाले दलका प्रमुख सचेतकसँग छलफल

काठमाडौं । संसद्को अवरोध खुलाउन सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतक र सचेतकसँग छलफल सुरु भएको छ ।

बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक र प्रमुख सचेतक छन् ।

प्रतिनिधिसभा बैठक आजै दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा एमालेले संसद् अवरोध गर्दै आएको छ ।

सरकार समिति गठनको पक्षमा नहुँदा अझै कुरा मिल्न सकेको छैन । सदनको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि अहिले राष्ट्रिय मान्यताप्राप्त दलहरूसँग छलफल गर्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर