प्रधानमन्त्रीले सिंहदरबारमा राष्ट्रिय मान्यताप्राप्त दलका नेतासँग छलफल गर्ने – Nepal Press

प्रधानमन्त्रीले सिंहदरबारमा राष्ट्रिय मान्यताप्राप्त दलका नेतासँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समसामयिक विषयमा प्रमुख दलसँग छलफल गर्ने भएका छन् । सदनको अवरोध खुलाउनेलगायतका विषयमा राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरूसँग प्रधानमन्त्रीले छलफल गर्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले नेपाल प्रेसलाई बताए ।

आचार्यका अनुसार साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा छलफलको समय तय भएको छ ।

बैठक मुख्यगरी सदन सुचारु गर्ने विषयमा केन्द्रित हुने बताइएको छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । तर, एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडानसहित साउन १० गतेबाट निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ ।

त्यसबाहेक ललिता निवास, सुन प्रकरणको छानबिनलगायतको विषयमा पनि छलफल हुन सक्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर