संसद्को अवरोध खुलाउन दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख – Nepal Press

संसद्को अवरोध खुलाउन दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख

काठमाडौं । संसद्को अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले छलफल थालेका छन् ।

छलफलका लागि आज बिहान ११ बजे घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूलाई बोलाएका छन् ।

बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुने तय भएको छ ।

प्रतिनिधिसभा बैठक आजै दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा एमालेले संसद् अवरोध गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर