समाजवादी मोर्चाको बैठक बस्दै – Nepal Press

समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा गठन भएको समाजवादी मोर्चाको बैठक बस्दैछ । बैठक गठबन्धनमा आबद्ध दल नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय, आलोक नगरमा बस्नेछ ।

नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार आज साँझ ६ बजेका लागि बैठक बोलाइएको छ । गौर हत्याकाण्डको छानबिन गर्ने सम्झौता सरकारले गरे पछि सो गठबन्धनमा आबद्ध मध्ये जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) प्रधानमन्त्री प्रचण्डसँग सशङ्कित हुँदै आएको छ  ।

साथै, सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालमाथि छानबिन गर्ने बाटो खोलिदिए पछि गठबन्धन संकटमा परिरहेको बेला मोर्चाको बैठक बस्न लागेको हो ।

यसअघि तय भएको बैठक विभिन्न कारणले सर्दै आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर