नेकपा एसको पोल्टिब्युरो बैठक भोलिदेखि सुरु, के छ एजेण्डा ? – Nepal Press

नेकपा एसको पोल्टिब्युरो बैठक भोलिदेखि सुरु, के छ एजेण्डा ?

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले पोल्टिब्युरोको बैठकमा पार्टीको आगामी कार्यभारको विषयमा छलफल गर्ने भएको छ ।

भोलि र पर्सि बस्ने पोल्टिब्युरोको बैठकमा आगामी कार्यभारको विषयमा छलफल गर्न लागेको हो ।

बैठकमा वर्तमान परिस्थिति र पार्टीको आगामी कार्यभारको विषयमा पोल्टिब्युरोका सदस्यहरुले आफनो धारण राख्ने प्रवक्ता जगन्नाथ खतिवडाले बताए । बैठक बिहान ११ बजे पार्टीकै कार्यालयमा तय गरिएको छ ।

आज बसेको केन्द्रीय सचिवालयको बैठकले पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको एजेण्डाको तयारी गरेको उनले बताए ।

५, ६ र ७ गते केन्द्रीय कमिटीको बैठक बस्दैछ । यसका एजेण्डाहरु पहिले नै तयार गरेर पठाइसकेको खतिवडाले बताए । उनका अनुसार ७ गते महत्वपूर्ण निर्णय र प्रस्तावहरु त्यही बेला पारित हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर