नेतृत्व वर्गमा अझै केन्द्रीकृत मानसिकता हाबी छ : नेता निधी (भिडिओ) – Nepal Press

नेतृत्व वर्गमा अझै केन्द्रीकृत मानसिकता हाबी छ : नेता निधी (भिडिओ)

काठमाडौं । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय तहलाई दिएको अधिकार पनि केन्द्रीय तहबाटै निर्देशित हुनुपर्छ भन्ने मानसिकता हाबी भएको बताएका छन् ।

शनिवार काठमाडौंमा काँग्रेस स्व. नेता प्रदीप गिरीको स्मृति दिवसलाई सम्बोधन गर्दै उनले संविधानले स्थानीय तह र प्रदेश सरकारलाई अधिकार दिएको भए पनि गृहमन्त्री वा प्रधानमन्त्रीले नै अधिकार प्रयोग गर्नुपर्छ भन्ने मानसिकताबाट नेतृत्व वर्ग निर्देशित रहेको बताए ।

नेता निधिले अवशिष्ट अधिकार नेतृत्वले लिनका लागि संविधानमा राख्न पहल गर्दा पनि काँग्रेसका नेताहरूले नमानेको भन्दै आपत्ति जनाए । उनले अवशिष्ट अधिकार सार्वभौम जनतामा निहित हुनुपर्ने बताए ।

नेता निधिले स्व. गिरी बहुप्रतिभाशाली व्यक्ति रहेको उल्लेख गर्दै उनको जीवन राजनीतिक कर्मीका लागि प्रेरणादायी रहेको उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर