डोल्पामा १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार – Nepal Press

डोल्पामा १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

सुर्खेत । डोल्पामा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

डोल्पाको जगदुल्ला गाउँपालिकामा नौ जना युवकविरुद्ध उक्त बालिकालाई सामूहिक बलात्कार गरेको आरोप लागेको थियो ।

जसमध्ये पक्राउ पुर्जी जारी गरेर नौ आरोपितमध्ये तीन जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा जगदुल्ला गाउँपालिका-५ का २७ वर्षीया धर्मराज बाेहारा, सल्यान कुमाख गाउँपालिका-५ का २३ वर्षीया रेशम राना, जाजरकोट कुसे गाउँपालिका- ९ का २१ वर्षीया कृष्ण बि.क. रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार अन्य आरोपित फरार छन् । घटनाको ६ महिनापछि पीडितका परिवारले जिल्ला प्रहरी कार्यालय डोल्पामा किटानी जाहेरी दिएको डीएसपी बुढाथोकीले बताए ।

‘बलात्कृत बालिकाको पेटमा ६ महिनाको गर्भ रहेको छ’, डीएसपी बुढाथोकीले भने, ‘बालिकाको पेटमा बच्चा हुर्कँदै गएको परिवारले थाहा पाएपछि उनीहरूको नाममा किटानी जाहेरी दिनुभएको छ। फरार रहेकाहरूको खोजी कार्य भइरहेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर