कांग्रेस मजबुत नभए प्रणालीमाथि नै प्रश्न उठ्छ : नेता सिंह (भिडिओ) – Nepal Press

कांग्रेस मजबुत नभए प्रणालीमाथि नै प्रश्न उठ्छ : नेता सिंह (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस मजबुत नरहे अहिलेको प्रणाली नै संकटमा पर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले २०४६ को परिवर्तन आएकोमा खुशी नभएका तत्त्वहरू अहिले पनि समाजमा विद्यमान रहेको उल्लेख गर्दै कांग्रेस मजबुत भए मात्रै लोकतन्त्र बलियो हुने बताए ।

उनले पार्टीलाई विधि अनुसार चलाउन अघि बढ्नुपर्ने बताए । नेता सिंहले कांग्रेसको संगठन पनि राम्रो र बलियो बनाउँदै राजनीतिक हिसाबले दिन सक्ने सकारात्मक म्यासेज नागरिकहरूमा बाँड्नुपर्ने बताए ।

नेता सिंहले कांग्रेस अहिले पनि कमजोर नरहेको जिकिर गरे । उनले कांग्रेसमा केही सुधार गर्नुपर्ने अवस्था आएको भन्दै समयको माग अनुसार सुधार गरेर पार्टी अघि बढ्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर