पेट्रोल ढुवानीमा ट्यांक ट्रक लकिङ सुरु, अब पेट्रोलियम चुहावट रोकिने विश्वास – Nepal Press

पेट्रोल ढुवानीमा ट्यांक ट्रक लकिङ सुरु, अब पेट्रोलियम चुहावट रोकिने विश्वास

काठमाडौं । नेपाल आयल निगमले ट्यांक ट्रक लकिङको सुरुवात गरेको छ । शुक्रबार अमलेखगञ्जस्थित नेपाल आयल निगमको मधेश प्रदेश प्रादेशिक कार्यालयमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पेट्रोल लोड गरिएको ट्यांकरमा ताल्चा लगाएर ट्यांक ट्रक लकिङको उद्घाटन गरेका छन् ।

२०७५ साल अगाडि निगमले भारतबाट पेट्रोलियम पदार्थ आयात गर्दा ट्यांकट्रकहरूमा लिड सिल प्रयोग गर्ने गरेको थियो ।

२०७५ साउन १ गतेदेखि निगमले इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थ आयात गर्ने सबै ट्याक्टरहरुमा इण्डियन आयल कर्पोरेशनले प्रयोगमा ल्याए बमोजिमको सिङ्गल लकिङ सिस्टमअनुसार एउटा ताला लगाई पेट्रोलियम पदार्थ आयात गर्दै आईरहेको छ । हाल अमलेखगंजबाट स्टक ट्रान्स्फर भै अन्य स्थानमा जाने ट्यान्करहरूमा पनि लक गरी पठाउने गरिएको छ ।

ट्यांकट्रकमा लकिङ सिस्टम लगाउने प्रावधान अनुसार अहिले दोस्रो चरणको लकिङ कार्य अन्तरगत निगमको डिपोहरूबाट पेट्रोल पम्पसम्म जाने ट्यांकट्रकमा पनि ताल्चा लगाएर पठाउन सुरु गरिएको हो ।

जसअनुसार शुक्रबारबाट प्रहरी कल्याण कोष मार्फत संचालनमा रहेको नेपाल प्रहरीको पथलैया स्थित पेट्रोल पम्पको पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर, सहाकारी संस्था अन्तर्गत संचालनमा रहेको साझा पम्प र भरतपुरको ट्यांकर तथा निजी क्षेत्रबाट संचालित कैलाश आयल नारायणगढको ट्यांकरमा ताल्चा लगाउन सुरु गरिएको हो ।

सबै पेट्रोल पम्पमा ढुवानी हुने ट्यांक ट्रकमा लकिङ सिस्टम केहि दिन मै सम्पन्न हुने छ । ट्यांक ट्रक लकिङ सिस्टमले पेट्रोलियम पदार्थ चुहावट रोकिने मन्त्री रिजालले बिश्वाश ब्यक्त गर्नु भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *