प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध तीनवटा उजुरी – Nepal Press

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध तीनवटा उजुरी

काठमाडौं । संवैधानिक परिषदबाट सिफारिस भएका प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध तीनवटा उजुरी परेका छन् । संघीय संसद सचिवालयका अनुसार प्रस्तावित प्रधान न्यायधीश विरुद्ध एसके तिमिल्सेनासहित तीन जनाको उजरी परेको हो ।

दुई वटा इमेलबाट र एउटा भौतिक रुपमै उपस्थित भएर समितिमा उजुरी गरेको संघीय संसद सचिवालयका प्रवक्ता एवम सहसचिव एकराम गिरीले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार आइतबार बिहान साढे १० बस्ने संसदीय सुनुवाई समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश विरुद्ध परेका उजुरी खोलिने छ । संसदीय सुनुवाई समितिले १० दिन अघि उजुरी आव्हान गरेको थियो । उजुरीका लागि दिइएको १० दिनको समयसिमा शुक्रबार सकिएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *