एसिया कपका लागि नेपाली टोलीलाई बुधबार पाकिस्तान पठाउने तयारी – Nepal Press

एसिया कपका लागि नेपाली टोलीलाई बुधबार पाकिस्तान पठाउने तयारी

काठमाडौं । आसन्न एसिया कप क्रिकेटका लागि नेपाली क्रिकेट टोलीलाई आगामी बुधबार पाकिस्तान पठाउने तयारी थालिएको छ । एक साता पाकिस्तानमा तयारी गर्न नेपाल क्रिकेट संघ-क्यानले राखेको प्रस्ताव स्वीकृत भएसँगै नेपाली क्रिकेट टोली अगष्ट २३ तारिखमा त्यसतर्फ जान लागेको हो ।

क्यानका कार्यबहाक सचिव दुर्गाराज पाठकले आगामी बुधबार पाकिस्तान पठाउने तयारी भइरहेको बताए ।

‘नेपालले पाकिस्तानको कुन ठाउँमा रहेर तयारी गर्छ भन्ने टुंगो लाग्न बाँकी छ’, पाठकले भने । नेपालले प्रतियोगिताअन्तर्गत पहिलो खेल अगष्ट ३० तारिखमा पाकिस्तानसँग खेल्दैछ । नेपालले समूहगत चरणमा पाकिस्तान र भारतसँग खेल्दै छ। एसिया कपमा नेपाल पहिलोपटक प्रतिस्पर्धा गर्न लागेको हो ।

प्रतियोगिताका लागि नेपालको १७ सदस्यीय राष्ट्रिय टोली घोषणा भइसकेको छ । पाकिस्तान, बंगलादेशले पनि टिम घोषणा गरिसकेका छन् । भारतले भने गर्न बाँकी छ । एसिया कपमा भारतले आफ्ना खेल श्रीलंकामा खेल्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर