काठमाडौंमा बढे अपराधका घटना, यस्तो छ प्रहरीको विवरण – Nepal Press

काठमाडौंमा बढे अपराधका घटना, यस्तो छ प्रहरीको विवरण

काठमाडौं । काठमाडौं प्रहरीले गत साउनको तुलनामा यस वर्षको साउनमा अपराधका घटना बढेको जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै गत वर्षको साउनमा १ हजार ४७ अपराधका घटना भएकोमा यस वर्ष साउनमा १ हजार २७५ अपराधका घटना भएको जनाएको छ ।

काठमाडौं परिसरमा सबैभन्दा बढी ५६० वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् भने अभद्र व्यवहारका २७९ मुद्धा दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए । त्यस्तै, साउन महिनामा अनलाईन ठगीसम्बन्धी ६५ निवेदन दर्ता भएकामा दुई वटा मिलापत्र भइ बाँकी ६३ निवेदनमा अनुसन्धान भइरहेको उनले बताए । उनले साउन महिनामा नै बिभिन्न मुद्दामा २ सय ४० जनालाई पक्राउ गरिएको र कुल १८ करोड ८० लाख जरिवानाको फैसला भएको जानकारी दिए ।

यस अवधिमा परिसरमा २ हजार ६५१ जनाले सेवा लिन आएको, कालिमाटी एरियामा १८ वटा सिसिटिभी क्यामेरा जडान गरेको, प्रहरी वृत्त बालाजु, बौद्ध, लैनचौर, सिंहदरबार, कालिमाटीको हिरासत कक्षमा पुस्तकालयको व्यवस्था गरिएको काठमाडौं परिसरले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *