बाबुराम गौतमको बयान- अगाडिको बाटो देख्न नसकिने अन्धकार भएपछि सभामुखबाट राजीनामा दिएँ – Nepal Press

बाबुराम गौतमको बयान- अगाडिको बाटो देख्न नसकिने अन्धकार भएपछि सभामुखबाट राजीनामा दिएँ

विराटनगर । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री तथा निवर्तमान सभामुख बाबुराम गौतमले भाग्ने ठाउँ नभएपछि बाध्य भएर सभामुखबाट राजीनामा दिएको बताएका छन् ।

कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा बोल्दै आफूले अगाडि बढ्ने बाटो नदेखेपछि सभामुखबाट राजीनामा दिएर मन्त्री भएको बताए ।

उनले भने, ‘कहिले भूमिका निभाउने क्रममा यस्तो ठाउँमा पनि पुगिँदो रहेछ त्यहाँ निकास हुँदैन रहेछ । अगाडि बढ्ने बाटो नै नहुँदो रहेछ ।’उनले बाहिरबाट हेर्दा यसो गरेको भए हुन्थ्यो उसो गरेको भए हुन्थ्यो भन्ने लाग्थ्यो तर त्यही पसेपछि अन्धकार नै हुँदो रहेछ ।’

उनले भूमिका निभाउने क्रममा आफू पनि अन्धकारको अवस्थामा पुगेको बताए । उनले भने, ‘मेरो नाममै त्यो परिस्थिति सृजना हुनुमा एक हिसाबले सौभाग्य पनि ठान्छु अर्को हिसाबले दुर्भाग्य ठानेको छु ।’

उनले भने, ‘मैले गरेको कार्य भविष्यसम्म पनि चर्चाको विषय रहने छ । सम्झिरहने विषय बन्ने छ । प्रदेश सभाको इतिहासमा दर्ज हुनेछ । यसबाट भाग्ने ठाउँ पनि छैन ।’

उनले प्रदेश सभामा बोल्दै आफू सभामुख हुँदा निष्पक्ष भएर काम गरेको दाबी गरे । फरक भूमिकामा प्रस्तुत हुँदा मनमा थुप्रै अनुभव र अनुभूतिहरू आउने र जाने भइरहेको भन्दै एक महिना आफ्नो जीवनमा ठुलो उथल पुथल भएको बताए ।

उनले भने, ‘यो मेरो जीवनको पनि उथल पुथलको घटना हो । प्रदेश सभामा पनि आफ्ना कारणले प्रदेश सभामा पनि उथल पुथल भयो ।’

उनले संघीय सरकारमा भएको फेरबदलले कोशी प्रदेशमा पनि प्रभाव पारेको बताए । उनले निर्णायक समयमा पनि सभामुखको भूमिकालाई पनि भिन्न राख्ने योजनामा रहेको तर नसकेको बताए । उनले राजीनामा नदिई भिन्न तरिकाले पनि समस्याको हल खोज्न आफूले प्रयास गरेको बताए ।

उनले अफुले केन्द्रका गठबन्धनलाई पनि वर पर गर्न सकिन्छ की भनेर लागेको सभामा बताए । गठबन्धनहरू फेर बदल भइरहने भएकाले आफूले गठबन्धन फेरबदल गर्न पनि प्रयास गरेको हो ।

 


प्रतिक्रिया

One thought on “बाबुराम गौतमको बयान- अगाडिको बाटो देख्न नसकिने अन्धकार भएपछि सभामुखबाट राजीनामा दिएँ

  1. लाज नभए पछि जे भने पनि हुन्छ । अझ मानिस बहुलायो भने त नाङ्गै पनि हिडेको देखेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर