पूर्वाधार विकास बैंकले ५० करोड बढीको कर्जा दिँदा क्रेडिट रेटिङ र खाताको अवस्थालाई आधार लिनुपर्ने – Nepal Press

पूर्वाधार विकास बैंकले ५० करोड बढीको कर्जा दिँदा क्रेडिट रेटिङ र खाताको अवस्थालाई आधार लिनुपर्ने

काठमाडौं । पूर्वाधार विकास बैंकलले ५० करोड वा सो भन्दा बढीको कर्जा प्रवाह गर्दा वा नवीकरण गर्दा ऋणी संस्थाको क्रेडिट रेटिङ्गलाई आधार मान्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार एकीकृत निर्देशन जारी गर्दै कर्जा लिने संस्थाको रेटिङ्गलाई कर्जा मूल्याङ्कनको आधारको रुपमा लिनुपर्ने व्यवस्था गरेको छ ।

पूर्वाधार विकास बैंकले एउटै ग्राहक, फर्म, कम्पनी वा आपसी सम्बन्ध भएका ग्राहकहरुको समूहलाई प्रदान गर्नसक्ने कर्जाको तोकिएको अधिकतम सीमालाई एकल ग्राहक कर्जा सीमा मानिनेछ । पूर्वाधार विकास बैंकले आवश्यक नीति तर्जुमा गरी प्राथमिक पूँजीको १० प्रतिशतको सीमाभित्र रही जग्गा, भवन वा दुवै खरिद वा भवन निर्माण गर्नुपर्ने व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै, संस्थाले पूर्वाधार सम्बन्धी परियोजनाहरूको पहिचान, विश्लेषण, सम्भाव्यता अध्ययन एवं लागत अनुमान गरी परियोजना विकास गर्न क्षेत्रगत कम्पनीको स्थापना गर्न सक्नेछ । यसरी स्थापना गरेको विशेष उदेश्यका साधन संचालन हुने परियोजनाहरुमा संस्थाको लगानी रहेसम्म कर्जा प्रवाह गर्न पाइने छैन ।

पूर्वाधार विकास बैंकले कुनै पनि खाता खोल्नु पूर्व कर्जा सूचना केन्द्रको विवरणअनुसार निक्षेपकर्ता कालोसूचीमा नरहेको यकिन गरेर मात्र खाता खोल्नु पर्नेछ । यसबापत संस्थाले ग्राहकसँग कुनै शुल्क लिन पाउने छैन । यस अघि यो व्यवस्था थिएन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर