प्रधानमन्त्री कृषि आधिनिकीकरणका वरिष्ठ कृषि विकास अधिकृतसहित ३ जना भ्रष्टाचारमा दोषी ठहर – Nepal Press

प्रधानमन्त्री कृषि आधिनिकीकरणका वरिष्ठ कृषि विकास अधिकृतसहित ३ जना भ्रष्टाचारमा दोषी ठहर

काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका वरिष्ठ कृषि विकास अधिकृतसहित ३ जना भ्रष्टाचारमा दोषी ठहर भएका छन् ।

विषेश अदालतले शुक्रबार वरिष्ठ कृषि विकास अधिकृत गोपीनाथ भुसाल, बालिका कुमारी गिरी र सोमनाथ घिमिरेलाई दोषी ठहर गरेको हो । उनिहरु परियोजना कार्यान्वयन इकाई (तरकारी जोन) चितवनमा कार्यरत थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार लाख १२ हजार ४७४ रुपैयाँ ३७ पैसा कायम गरी गैरकानूनी लाभ तथा हानी सम्बन्धी आरोप–पत्र दायर गरेको थियो । खुसीप्रसाद थारु र शालिग्राम कोइरालाको इजलासले उक्त फैसला गरेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *