सन्तवीर र मायालुलाई तामाङ मिडिया अवार्ड २०८० प्रदान – Nepal Press

सन्तवीर र मायालुलाई तामाङ मिडिया अवार्ड २०८० प्रदान

काठमाडौं । तामाङ मिडिया अवार्ड २०८० पत्रकार सन्तवीर लामा(मोक्तान) र मायालु ङेसुरलाई प्रदान गरिएको छ ।

तामाङ पत्रकार संघ केन्द्रीय समितिले आयोजना गरेको २९ औं तामाङ प्रसारण दिवसको अवसरमा आयोजित कार्यक्रममा उनीहरुलाई बागमती प्रदेशका ऊर्जा, जलश्रोत तथा सिँचाईमन्त्री तीर्थ बहादुर लामाले अवार्ड वितरण गरेका हुन् ।

२०५१ भदौ १ गते रेडियो नेपालबाट पहिलोपटक तामाङ भाषामा ‘तामाङ ताम्ला सान्ग्युर’ अर्थात तामाङ भाषाको समाचार प्रसारण भएको दिनको सम्झनामा हरेक वर्ष भदौ १ गतेलाई तामाङ पत्रकारहरुले प्रसारण दिवसको रुपमा मनाउँदै आएका छन् ।

सन्तवीर धनकुटाबाट प्रकाशन हुने ब्लास्ट राष्ट्रिय दैनिकमा कार्यरत छन् भने मायालु इण्डिजिनियस टेलिभिजनका कार्यक्रम उत्पादक तथा प्रस्तोता हुन् ।

कार्यक्रममा तामाङ पत्रकार सङ्घले प्रकाशन गरेको ‘ह्याङला काई’ विशेषको विमोचन गरिएको छ भने चन्द्र कुमार मोक्तानको पुरानो तामाङ गीत ‘साङाला जिर्मा ग्वाईबारी म्हेन्दो’ नयाँ रिमिक्स भर्सन गीतको भिडिओ पनि सार्वजनिक भएको छ ।

नयाँ रिमिक्स गीतमा गायक सुनिल लामा र गायिका सोनिया लामाले स्वर दिएका छन् भने वाइएसके ग्रुपले र्याप भरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *