साना करदातालाई सहुलियत, करोडसम्मका कारोबारीलाई विवरण पेशको समय थप – Nepal Press

साना करदातालाई सहुलियत, करोडसम्मका कारोबारीलाई विवरण पेशको समय थप

काठमाडौ । सरकारले साना करदातालाई मूल्य अभिवृद्धि कर (भ्याट) का लागि विवरण पेश गर्ने समय थपेको छ ।

यसअघि वार्षिक १ करोड रूपैयाँसम्म कारोबार विवरण मासिक बुझाउनुपर्ने प्रावधानलाई अहिले चार महिनाको समय दिइएको छ । आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै साना करदातालाई कर सहभागिताका लागत र समय दुवै घटाएर सहुलियत दिइएको बताएको छ । आथिैक वर्ष २०७९/८० को मूल्य अभिवृद्धिकर दाखिला गरी वार्षिक १ करोड रूपैयाँसम्म भएको करदाताको कर अवधि २०८० साउनदेखि चौमासिक बनाइएको हो ।

अब साउन, भदौ, असोज र कात्तिकको विवरण मंसिर १५ गतेसम्म, मंसिर , पुस, माघ र फागुनको विवरण चैत २५ गतेसम्म र चैत, वैशाख, जेठ र असारको विवरण साउन २५ गतेसम्म पेश गर्नुपर्नेछ । यदि मासिकरूपमा कर विवरण बुझाउन चाहने करदातालाई सम्बन्धित आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयमा १५ दिनभित्र जानकारी गराउनसमेत विभागले भनेको छ ।

विभागले वार्षिक रूपमा १ करोड रूपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीलाई भने मासिक रूपमा नै भ्याट विवरण बुझाउन आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *