चितवनमा डाक्टर पढिरहेका युवक नक्कली सर्टिफिकेटको आरोपमा पक्राउ – Nepal Press

चितवनमा डाक्टर पढिरहेका युवक नक्कली सर्टिफिकेटको आरोपमा पक्राउ

चितवन । भरतपुरमा एमबीबीएस अध्ययरत् एक विद्यार्थीलाई शैक्षिक योग्यताको नक्कली सर्टिफिकेटको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को एक टोलीले राजविराजका २८ वर्षीय नविस अफ्तरलाई पक्राउ गरेको हो । भरतपुरको पुरानो मेडिकल कलेजमा एमबीबीएस पढ्दै गरेका उनलाई कलेज परिसरबाटै पक्राउ गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले अफ्तर पक्राउ पर्नुको कारण थाहा नभएको बताए ।

सीआईबीका एसपी नवराज अधिकारीले प्रमाणपत्र तहको सर्टिफिकेट नक्कली पेश गरेर पढेको भन्ने उजुरीपछि अनुसन्धानको लागि पक्राउ गरेको बताए । थप विवरण भने अनुसन्धानपछि मात्रै आउने उनको भनाइ छ । उनको आईएस्सी सर्टिफिकेट नक्कली भएको सीआईबीको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर