सरकारी कारखानामा समाचार बनाएर मेरो परिवारको चरित्रहत्या गरियो, कानूनी कारबाहीमा जान्छौं : पोखरेल – Nepal Press

सरकारी कारखानामा समाचार बनाएर मेरो परिवारको चरित्रहत्या गरियो, कानूनी कारबाहीमा जान्छौं : पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा भन्नेसँग आफ्नो परिवारलाई जोडेर सरकारी कारखानामा तयार पारिएको समाचार प्रकाशन गरिएको भन्दै कानूनी कारबाहीमा जाने चेतावनी दिएका छन् ।

पोखरेलले शुक्रबार वक्तव्य जारी गर्दै पत्रकारिताको सामान्य मर्यादा पनि नराखी एक अनलाइन सञ्चारमध्यमले नियोजितरूपमा आफ्नो परिवारलाई जोडेर शतप्रतिशत झुटो समाचार प्रकाशन गरेको भन्दै आपत्ति जनाएका हुन् ।

पोखरेलले वक्तव्यमा भनेका छन्, ‘माओवादीको लगानी रहेको त्यस विवादित अनलाइनले सरकारी कारखानामा तयार पारिएको समाचार प्रकाशित गरेर मालिकको सेवा गरेको प्रष्टै छ । यो हाम्रो पार्टीलाई बदनाम गरी सुन तस्करी प्रकरणलाई अन्तै मोड्ने प्रपञ्च हो ।’

पोखरेलले आफ्नो परिवारको संलग्नता पुष्टि गर्न चुनौती दिँदै यस्ता कुराबाट भ्रमित नहुन आग्रह गरेका छन् । पोखरेलले यसबारेमा आजै कानूनी कारबाही अगाडि बढाउने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर