मेयरले खुकुरी हानेको स्वकीय सचिवको आरोप, फेसबुकमा धारावाहिक पोस्ट – Nepal Press

मेयरले खुकुरी हानेको स्वकीय सचिवको आरोप, फेसबुकमा धारावाहिक पोस्ट

डोटी । शिखर नगरपालिकाका मेयर दीर्घबहादुर बलायरका स्वकीय सचिव राजेश ठगुन्नाले आफूमाथि मेयरले खुकुरी प्रहार गरेको बताएका छन् ।

टाउकोमा चोट लागेको फोटो पोष्ट गर्दै उनले आफू उपचारका लागि गइरहेको लेखेका छन् । उनले मध्यरातमा नगर प्रमुख बलायरविरुद्ध फेसबुकमा एकपछि अर्को पोस्ट गरेका छन् । उनले अस्पतालमा भर्ना भएको फोटो पनि फेसबुकमा राखेका छन् ।

घटनाबारे बुझ्न खोज्दा मोबाइल अफ भएकाले मेयर बलायरसँग सम्पर्क हुन सकेन । कुटपिटको कारण र विस्तृत विवरण आइसकेको छैन ।

नगर प्रवक्ता धिर्क सिंहले घटनाबारे आफूलाई फेसबुकबाटै थाहा भएको बताए ।

उनले भने, ‘मैले पनि तपाईंजस्तै जानकारी पाएको छु, म थप बुझ्ने प्रयास गरिरहेको छु ।’

कुटपिटबारे प्रहरीलाई कुनै जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले नेपाल प्रेसलाई बताए ।

राजेशले गरेका केही पोस्टहरू


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर