सशस्त्र प्रहरीका १२ एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित) – Nepal Press

सशस्त्र प्रहरीका १२ एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका १२ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा समितिको बिहीबारको निर्णय अनुसार सिफारिस हुनेमा राजेश उप्रेती, गंगाराम श्रेष्ठ, रविनराज कर्णजीत, भरत खनिया, नेत्रबहादुर कार्की, रमेशकुमार पाण्डे, विकाश घिमिरे, तीर्थराज पौडेल, जहरसिंह बुढा मगर, नरेन्द्र बम, सूर्यबहादुर सेन ओली र तेजप्रसाद पोखरेल रहेका छन् ।

सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेका र नयाँ संगठन तथा ब्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८० स्वीकृत भई थप भएका गरी बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम एक को ख बमोजिम गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको अध्यक्षतामा बिहिबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।

सिफारिसमा चित्त नबुझ्ने सशस्त्र प्रहरी उपरीक्षकले नियमावलीको नियम ३८ को उपनियम तीन बमोजिम एक साता भित्र उजुरी दिनसक्ने बढुवा समितिका सदस्यसचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले जानकारी दिए । बढुवा समितिले कार्यसम्पादन मूल्याङ्कन, कमाण्ड तथा स्टाफ कोर्ष, जेष्ठता र व्यवसायिक क्षमतासमेतलाई आधार मानेर सिफारिस गरेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर