नेपालमा पहिलोपटक ब्याडमिन्टन एशियाको प्रतियोगिता हुँदै – Nepal Press

नेपालमा पहिलोपटक ब्याडमिन्टन एशियाको प्रतियोगिता हुँदै

काठमाडौं । नेपालमा पहिलो पटक ब्याडमिन्टन एशियाको आयोजनाको रूपमा ब्याडमिन्टन एशिया (साउथ एशिया) रिजनल च्याम्पियनसिप हुने भएको छ ।

ब्याडमिन्टनको डेभलपिङ राष्ट्रहरूमा यस खेलको प्रवद्र्धन र प्रतिष्पर्धा गर्ने उद्देश्यअनुरूप एशिया ब्याडमिन्टनले यो कार्यक्रम नेपालमा आयोजना गरेको हो । नेपाल ब्याडमिन्टन संघले शुक्रवार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै आगामी भदौ १ गतेदेखि पाँच गतेसम्म यु–१५ र यु–१७ साउथ एशिया रिजनल च्याम्यिनसिपमा गर्ने जनाएको छ ।

उक्त च्याम्पियनसिपमा यु–१५ र यु–१७ उमेरसमूहमा दक्षिण एशियाका ६ डेभलपिङ राष्ट्र नेपालसहित भूटान, श्रीलंका, माल्दिभ्स, बंगलादेश र पाकिस्तानका खेलाडीको चुनौती रहनेछ ।

प्रतियोगिता हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मुख्यालयमा रहेको एपिएफ क्लवमा हुनेछ । यस च्याम्पियनससिपमा यु–१५ तर्पm गल्र्स सिंगल्स, ब्वाइज सिंगल्स, ब्वाइज डबल्स, गल्र्स डबल्स र मिक्स गरी पाँच विधामा प्रतिष्पर्धा हुने नेपाल ब्याडमिन्टन संघले जनाएको छ । यु–१७ मा पनि गल्स सिंगल्स, ब्वाइज सिंगल्स, गल्र्स डबल्स, ब्वाइज डबल्स र मिक्समा प्रतिष्पर्धा हुनेछ ।

यी दुवै उमेर समूहमा टिम प्रतिष्पर्धा पनि हुने ब्याडमिन्टन संघले जनाएको छ । आयोजक नेपालबाहेक पाँच राष्ट्रबाट समान आठ खेलाडीले यस च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्न पाउने एशिया ब्याडमिन्टनकी ब्याडमिन्टन एशियाकी इभेन्ट म्यानेजर एनजी एन मुनले जानकारी दिए । आयोजक राष्ट्र भएकाले नेपालले भने १६ खेलाडीलाई खेलाउन पाउने भएको छ ।

ब्याडमिन्टन एशियाकी इभेन्ट म्यानेजर एनजी एन मुनले एशियामा रहेका ब्याडमिन्डनको अल्पविकसित राष्ट्रमा यस किसिमका कार्यक्रम शुरु गरिएको बताउनु भयो । व्यक्तिगत स्पर्धामा आयोजक राष्ट्रबाट तीन खेलाडीले एउटा स्पर्धामा प्रतिष्पर्धा गर्न पाउनेछन् । अन्य राष्ट्रका भने दुई खेलाडीको प्रतिष्पर्धा गर्न पाउने एशिया ब्याडमिन्टनले प्रावधान बनाएको छ । नेपालमा यो पहिलो रहेको र आगामी कार्यक्रम कम्बोडियामा हुने उनले उल्लेख गरे ।

यस च्याम्पियनसिपबाट ओलम्पिक छात्रवृत्तिका लागि पनि छनोट गरिने एशिया ब्याडमिन्टनका सिनियर डेभलपमेण्ट म्यानेजर थानाबलान एरिकृष्णनले बताए । यस कार्यक्रमबाट एशियाभरबाट २० जना छनोट हुने र जसमा प्रत्येक देशबाट समान एक गल्र्स र ब्वाइज समावेश हुने एरिकृष्णनले जानकारी दिए ।

छनोट भएका खेलाडीले ब्याडमिन्टनको पावरहाउसको रूपमा रहेको मलेसियामा अभ्यास गर्न पाउनेछन् । नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले यो कार्यक्रम शुरुमा पाकिस्तानमा हुन लागेको र आफ्नै आग्रहमा नेपालमा ल्याइएको उल्लेख गर्दै यो च्याम्पियनसिपबाट नेपाली खेलाडीले धेरै फाइदा लिने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर