सुनिल शर्मालाई गलत समयमा पक्राउ गरियो : अर्जुन नरसिंह केसी (भिडिओ) – Nepal Press

सुनिल शर्मालाई गलत समयमा पक्राउ गरियो : अर्जुन नरसिंह केसी (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेस सांसद सुनिल शर्मालाई गलत समयमा पक्राउ गरेको बताएका छन् ।

बिहीबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै केसीले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीका बिरुद्ध अभिव्यक्ति दिएपछि नै शर्मालाई पक्राउ गर्नुले निरंकुश प्रवृति हो की भन्ने प्रश्न उठेको समेत बताए ।

उनले जुनसुकै भ्रष्टाचार प्रकरणमा सरकारले गर्ने अनुसन्धानलाई कांग्रेसले सहयोग गर्ने उल्लेख गर्नुभयो । भ्रष्टाचार प्रकरणको अनुसन्धानलाई सरकारले गर्ने अनुसन्धानलाई नजिकबाट हेरिरहेको उनको भनाइ छ ।

उनले देश तस्करहरुको स्वर्गको रुपमा परिणत भएकाले यसलाई बन्द गर्न पनि अनुसन्धानलाई निष्कर्षमा पुराउनुपर्ने धारणा राखे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर