यस्तो छ आज विदेशी मुद्राको विनिमय दर – Nepal Press

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रुपैयाँ ४३ पैसा र बिक्री दर १३३ रुपैयाँ ०३ पैसा तथा युरो एकको खरिद दर १४४ रुपैयाँ ५९ पैसा र बिक्री दर १४५ रुपैयाँ २४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७० पैसा र बिक्री दर १६९ रुपैयाँ ४६ पैसा कायम हुँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८५.५१ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.९० रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ १२ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५६ पैसामा खरिदबिक्री गर्न सकिने छ ।

जापनिज येन १० को खरिदमा ९ रुपैयाँ ९ पैसा र बिक्रीदर ९ रुपैयाँ १३ पैसामा कारोबार हुँदा दक्षिण कोरिया वन १०० को खरिदमा ९ रुपैयाँ ९ पैसा र बिक्रीदर  ९ रुपैयाँ ९५ पैसा कायम गरिएको छ ।

यसै गरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३३ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसामा कारोबार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

साउदी रियाल एकको खरिद दर ३५.३१ रुपैयाँ र बिक्री दर ३५.४७ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.६१ रुपैयाँ र बिक्री दर २८.७४ रुपैयाँ कायम भएको छ ।

कुवेती दिनार १ को खरिदमूल्य ४३०.३९ पैसा  विक्रीदर ४३२.३४ पैसामा खरिदबिक्री गर्न सकिने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर