सुनिल शर्मा पक्राउमा ओलीको टिप्पणी- नाङ्लो ठटाएर हात्ती तर्साएको हो (भिडिओ) – Nepal Press

सुनिल शर्मा पक्राउमा ओलीको टिप्पणी- नाङ्लो ठटाएर हात्ती तर्साएको हो (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले संकटग्रस्त बनेको अवस्थामा उद्योग व्यवसायमा सरकार सहयोगी नभएको टिप्पणी गरेका छन् ।

बुधबार साँझ होटल रेडिसनमा नेकपा एमालेद्वारा आयोजित ‘वर्तमान आर्थिक अवस्था–समस्या र समाधान छलफल कार्यक्रम’मा बोल्दै उनले उद्योग व्यवसाय जतिबेला संकटग्रस्त छ मोचनका लागि सरकार चाहिने तर सरकार सहयोगी नभएको आरोप लगाए ।

‘अहिलेको सरकार सहयोगी छैन । उद्योग बन्द छन्, अप्ठ्यारोमा छन् सरकारलाई मतलब छैन’, उनले भने । उद्योगधन्दा सकसमा पर्दा सरकारले सहजीकरण गर्नुपर्ने ओलीको भनाइ छ । उनले उद्योगी व्यवसायीका समस्या समाधानका लागि सदनमा सरकारसँग नीतिगत डिलमा एमालेले सशक्त भूमिका निभाउने बताए ।

‘भूकम्पबाट सामना गरेर भर्खर तंग्रेका थियौ कोभिडले थिलथिलो पार्याे । संकटबाट थिग्रेर धुलो टक्कटक्याउँदै हिँड्ने तयारी छैन । अर्थतन्त्रको संकटबाट उक्सिन खोई तयारी ?’, भन्दै सरकारसँग ओलीले प्रश्न गरे ।

त्यस्तै, उनले नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माको पक्राउका विषयमा प्रतिशोधी राजनीति गर्न खोजिएको टिप्पणी गरे ।

‘सुनिल शर्मा एउटा सांसद न पक्राउ पुर्जी न पुष्टि हुने आरोप यसो चाखिहेरेको कस्तो हुँदोरछ भनेर ?’, ओलीको प्रश्न छ । यो समाजलाई नै टोक्ने प्रवृत्ति भएको उनले बताए ।

ओलीले भने, ‘गठबन्धनको सांसद समातेर नाङ्लो ठटाएर हात्ती तर्साएको हो ।’

‘३३ पटक आएको रछ सुन एकदिन बाध्यता पर्याे समात्यो । ब्रेक सुमा मिसाएर अस्वाभाविक तौल बनाएर ल्याइयो । उच्चस्तरीय समिति बनाउन नदिएर हेर्दाहेर्दै सय केजीबाट ६० मा झर्याे । उच्चस्तरीय आयोग बन्न नदिएको सफलता यो हो । एयरपोर्टमा क्विन्टल का क्विन्टल सुन बगिरहेको छ’, ओलीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर