भियतनामी नागरिकहरु लुम्बिनी र सगरमाथा आउन इच्छुक छन्ः राजदुत हाइ – Nepal Press

भियतनामी नागरिकहरु लुम्बिनी र सगरमाथा आउन इच्छुक छन्ः राजदुत हाइ

काठमाडौं । नेपालका लागि भियतनामी राजदुत न्गुयेन थान हाइले भियतनामीहरू लुम्बिनी र सगरमाथा आउन इच्छुक रहेको बताएका छन् ।

बुधवार नेपाल–भियतनाम चेम्बर अफ कमर्सले राजदुत हाइको स्वागतका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै राजदुत हाइले यस्तो बताएका हुन् । राजदुत हाइले भियतनामीहरु नेपालको लुम्बिनी मात्रै नभएर गौतम बुद्धको जन्मभूमि लुम्बीनी तथा अन्य पर्यटकीय क्षेत्रमा आउन इच्छुक रहेको उल्लेख गरे।

उनले नेपालमा धेरै पर्यटकीय गन्तव्यहरु रहेको भन्दै नेपालका ट्राभल एजेन्सीहरुले प्रोत्साहन गर्न सक्नुपर्ने बताए । उनले नेपालमा पर्यटनको ठूलो सम्भावनाको क्षेत्र भएकाले दुई देशले पर्यटन प्रवद्र्धनका लागि सम्पर्क सञ्जाल बिस्तार गर्न आवश्यक रहेको बताए ।

उनले नेपाल–भियतनाम कुटनीतिक सम्बन्ध राम्रो रहेको बताए । उनले नेपाल र भियतनाम दुवै देशबीच सिधा उडान गर्ने विषय भिषाका समस्या रहेको बताए । उनले भियतनामले विद्युतीय भिसा जारी गर्ने प्रणाली ल्याएकाले सहज भएको भन्दै नेपालले पनि विद्युतीय भिसा प्रणाली लागू गर्नसके सहज हुने बताए ।

भियतनामका लागि कन्सुलर राजेशकाजी श्रेष्ठले नेपालको पर्यटन प्रवद्र्धन गर्न लुम्बिनी–भियतनाम सिधा उडान पहल गरिदिन राजदुत हाइलाई आग्रह गरे । उनले नेपाल–भियतनाम सम्बन्ध थप बिस्तार तथा पर्यटन प्रवद्र्धन गर्न दुवै देशबीच सिधा उडान आवश्यक रहेको बताए ।  उनले लुम्बिनी–भियतनाम सिधा उडान गर्नसके बुद्धिस्ट सर्किट बिस्तारमा टेवा पुग्ने उल्लेख गरे ।

उनले नेपाल र भियतनाम दुवै देशबीच व्यापार, लगानी, कृषि, पर्यटन, सांस्कृतिक सम्बन्ध लगायत क्षेत्रमा सहयोग आदानप्रदान हुन आवश्यक रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *