बससेवा डटकमका सीईओ खनाल भन्छन्- हामीसँग ३०० यातायात व्यवसायीका ३५ हजार टिकट उपलब्ध छन् – Nepal Press
नेपाल टक

बससेवा डटकमका सीईओ खनाल भन्छन्- हामीसँग ३०० यातायात व्यवसायीका ३५ हजार टिकट उपलब्ध छन्

'यातायात व्यवसायीकै मूल्यमा टिकट बुकिङ गर्न सकिन्छ'

काठमाडौं । अहिले प्रविधिको विकासले घरमै बसेर सबै काम गर्न सकिने अवस्था आएको छ । त्यसमाथि अहिले अनलाइनमै धेरै कुरा पाइने र त्यसैमार्फत काम हुने भएपछि सर्वसाधारण यसैतर्फ आकर्षित भएका छन् ।

तर, यातायाततर्फ भने जहिल्यै लाइन लागेर टिकट काट्नुपर्ने अवस्था छ । त्यसमाथि चाडपर्व लाइन लागे पनि टिकट पाइँदैन । महिनौंअघि बुकिङ खुले पनि टिकट पाउन हम्मे हम्मे हुन्छ । सर्वसाधारणले सधैं सास्ती खेप्दै आएका छन् ।

तर, अब सर्वसाधारणले सास्ती खेप्न नपर्ने भएको छ । टिकट लिन लाइन लाग्नुपर्ने बाध्यतालाई बुझेर यातायातको प्रणालीलाई व्यवस्थित र सहजीकरण गर्ने मोबाइल एप आएको छ, बससेवा डटकम । यात्रुलाई टिकट लिन बसपार्क धाउनुपर्ने र समयको बचत गर्न बससेवा डटकम सुरु गरिएको हो । यसबाट घरमै बसेर अनलाइनबाटै देशभरका विभिन्न गन्तव्यहरुको टिकट काट्न सकिन्छ ।

यही अनलाइन टिकट काट्न सकिने सेवाबारे बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पीआर खनालसँग गरिएको कुराकानीः

– बससेवा डटकमले कसरी काम गर्छ ?

यो अनलाइनबाट बसको टिकट काट्ने डिजिटल माध्यम हो । बससेवा डटकम वेबसाइट अथवा मोबाइल एप्लिकेसनमार्फत प्रयोग गर्न सकिन्छ । यसमार्फत सर्वसाधारणले देशभर सञ्चालित र भारतका केही स्थानको टिकट काट्न सक्ने व्यवस्था गरिएको छ । हाल बससेवा डटकममा ३५ हजार टिकट उपलब्ध रहेका छन् । यातायात व्यवसायीसँग हाल सञ्चालनमा रहेका सबै बस सेवाका टिकटहरु उपलब्ध छन् ।

– बससेवा डटकमबाट कुन कुन गन्तव्यको टिकट कसरी काट्न सकिन्छ ?

यात्रुले टिकट काट्न मोबाइल एप अथवा वेबसाइटमा गएर लगइन गर्नुपर्ने हुन्छ । लगइन गरेपछि कहाँदेखि कहाँसम्म जाने, कहिले जाने सबै कुरा त्यही अप्सन रहेको छ । त्यसमा उपलब्ध टिकटहरुको सूची रहेको हुन्छ । जहाँ बसको फोटो तथा सबै डिटेल हेर्ने र मूल्य र सुविधाहरु तुलना गरेर सजिलै टिकट काट्न सकिन्छ । हाल यसमा नेपालका प्रमुख शहरलगायत सबै स्थानका टिकटहरु उपलब्ध छ ।

– हामीकहाँ चाहिने बेला अधिकांश वेबसाइट डाउन हुने समस्या छ । यसमा त्यस्तो समस्या नहुनेमा तपाईंहरु कतिको विश्वस्त हुनुहुन्छ ?

हामी बससेवा डटकम सुरु गरेको १०औं वर्षमा छौं । लामो समयसम्म यसमा काम गर्दै आएको हुनाले हामीसँग राम्रो अनुभव र प्रविधि रहेको छ । कुनै पनि प्रविधि १०० प्रतिशत सुरक्षित भने हुँदैन । तर, हामीले प्रयोग गरेको प्रविधि ९९ प्रतिशत सुरक्षित रहेको हाम्रो विश्वास छ ।

यसमार्फत सर्वसाधारणले देशभर सञ्चालित र भारतका केही स्थानको टिकट काट्न सक्ने व्यवस्था गरिएको छ । हाल बससेवा डटकममा ३५ हजार टिकट उपलब्ध रहेका छन् । यातायात व्यवसायीसँग हाल सञ्चालनमा रहेका सबै बस सेवाका टिकटहरु उपलब्ध छन् ।

हामीले प्रयोग गरेको प्रविधि र त्यसमा काम गरिरहेका सेक्युरेटी टीमले मनिटरिङ गरिरहेको हुन्छ । सिस्टम डाउन हुने कुरामा निरन्तर काम गरिहेका हुनाले सिस्टम सुरक्षित रहेको छ ।

– अनलाइन टिकेटिङको रकम भुक्तानी प्रक्रिया के कस्तो छ ?

भुक्तानीको लागि देशका सबै भुक्तानी प्रदायक कम्पनीहरुसँग साझेदारी गरेका छौं । टिकट काट्दा नै त्यहाँ सबै प्रकारका भुक्तानी गर्ने छनोट सुविधाहरु रहेका छन् ।

– टिकटको मूल्य कसरी निर्धारण गरिएको छ ?

देशका सार्वजनिक यातायातमा सरकारले दर कायम गरेको छ । हामीले मूल्य निधारण गर्ने होइन । यातायात व्यवसायीले कायम गरेको मूल्यमै टिकट बुकिङ गर्न सकिन्छ ।

– १० वर्ष लामो यात्रामा के कस्ता चुनौतीहरु आए, अहिले सेवाको प्रयोग कस्तो छ ?

हामीले सुरुमा १० वटा बसको सीमित रुटहरुको सीट अनलाइनमा राखेका थियौं । यहाँसम्म आइपुग्दा ३०० वटा यातायात व्यवसायीसँग सहकार्य गरेका छौं । यो १० वर्षमा विभिन्न उतारचढाव आए । यातायात व्यवसायमा परेको प्रभावले हामीलाई पनि असर प¥यो । हाल दैनिक तीन हजार यात्रुलाई अनलाइनबाट टिकट सेवा दिइरहेका छौं ।

– दशैंतिहार जस्ता चाडपर्वमा ३५ हजार अनलाइन टिकटले त पुग्दैन होला नि ?

दशैंतिहारलाई मध्यनजर गर्दै हामीले यातायात व्यवसायीसँग सहकार्य गरेर गाडीहरु थप्ने प्रस्ताव अगाडि बढाएका छौं । सीटहरु पनि बढाउने तयारी भैइरहेको छ । सरकारले चाह्यो भने लाम लागेर टिकट काट्नुपर्ने अवस्था आउने छैन । यसको लागि हामीले सबै यातायात व्यवसायीसँग पहल गरेका छौं । लिखित प्रस्ताव पनि पठाएका छौं ।

दशैंतिहारलाई मध्यनजर गर्दै हामीले यातायात व्यवसायीसँग सहकार्य गरेर गाडीहरु थप्ने प्रस्ताव अगाडि बढाएका छौं । सीटहरु पनि बढाउने तयारी भैइरहेको छ । सरकारले चाह्यो भने लाम लागेर टिकट काट्नुपर्ने अवस्था आउने छैन ।

हाल लामो दूरीका बसका टिकटहरुको माग बढी छ । त्यसकारणले लामो दूरीका टिकटहरु धेरै छन् । छोटो दूरीका पनि यसमा समेट्ने कोसिस गरेका छौं ।

– बससेवा डटकम प्रयोग गर्नेले के कस्ता सुविधाहरु पाउँछन् । अनि बुकिङ गरिसकेको टिकट रद्द गर्ने व्यवस्था छ कि छैन ?

काठमाडौंबाट मात्रै प्रतिदिन १५ देखि १६ हजार टिकट काटिन्छ । हाम्रो सेवामा एसीदेखि डिलक्ससम्मका रुटअनुसारका सबै बसहरु उपलब्ध छन् । टिकट काटिसकेपछि क्यान्सिल गर्नुपर्ने अवस्था पनि आउँछ । यातायात व्यवसायीहरुको आआफ्नो व्यवस्था रहेको छ । त्यहीअनुसार कति प्रतिशत चार्ज लाग्ने नलाग्ने कुरा हुन्छ । सोहीअनुसार रिफण्ड गर्ने गरेका छौं ।

बससेवा डटकमबाट टिकट काट्ने यात्रुका लगि कलंकीबाट ढुंगेअड्डा जाँदै गर्दा यात्रु प्रतिक्षालय बनाएका छौं । त्यहाँ यात्रु बस्ने व्यवस्था तथा तातोचिसो पानीको व्यवस्था गरिएको छ । त्यस्तै त्यहाँ सामान तथा झोलाहरु बसमा चढाइदिने व्यवस्था गरिएको छ । यसलाई अन्य शहरहरुमा पनि बनाउने योजना गरेका छौं ।

नेपालको यातायात व्यवसायीको कानूनअनुसार सबै यात्रुले बीमाको सुविधा पाउनेछन् । बीमाले दिने सुविधालगायत यातायात प्रणालीको फण्ड बनेको हुन्छ । त्यसबाट कुनै घटना भएको खण्डमा उक्त फण्डबाट भुक्तानी दिने व्यवस्था छ । अनलाइन माध्यमलाई प्रोत्साहन गर्न विभिन्न समयमा आकर्षक छुट सुविधा ल्याउने गरेका छौं ।

– पूर्ण रुपमा अनलाइनमा जान सकिने अवस्था छैन र ?

अहिले सबै यातायात सेवा अनलाइन प्रणालीमा जानुपर्ने अवस्था हो । यसले यातायात व्यवसायलाई नयाँ योजना बनाउन सजिलो हुन्छ । नयाँ परिवर्तन गर्न सहजीकरण हुन्छ । गाडीअनुसारको माग र पूर्तिलाई व्यवस्थापन गर्न सहजीकरण हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर